माओवादीद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौँ, १६ जेठ । दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ । आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् । महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका…