गम्भीर आरोप टाउकोमा बोकेर संसद चल्न दिन्नौं : नेता नेम्वाङ

काठमाडौँ, १२ जेठ । पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। आजको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न…