काठमाडौँ, ८ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले न्याय र समृद्धिको योगफल नै लोकतन्त्र भएको जनाउँदै नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको…