काठमाडौँ, २ असार । सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको बन्द गर्ने काम स्वीकार्य नभएको भन्दै विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले…