देशको अवस्था जोखिमपूर्ण : सांसद जबरा

काठमाडौँ, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । आज पार्टीनिकट महिला संघको कार्यक्रममा बोल्दै उनले कुनै पनि बेला देश दुर्घटनामा जान सक्ने बताएका हुन् । उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए । उनले भने, “सरकार कहाँ जाने, के हुने…