आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ, १४ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान १० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको नयाँ बजेट, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुनेछ ।