काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ…