काठमाडौँ, ३० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरी गर्नेजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै त्यसको उचित व्यवस्थापन तथा अनुगमनका लागि आवश्यक नियम…