काठमाडौँ, २८ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निकृष्ट अपराधको संज्ञा दिएका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो अपराधको जति भर्त्सना गरे पनि थोरै हुने बताएका छन् । नेपाल समाजवादी पार्टीले यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र मुख्यतः प्रहरी प्रशासनले जुन तदारुकता देखाएर…