काठमाडौँ, १५ चैत । गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । बालुवाटारमा आज बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ ।