भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै

काठमाडौँ, १२ चैत । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भागबन्डा मिलाउनै सकस परिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई ६ चैतमा विभिन्न ११ दलले विश्वासको मत दिएका थिए । विश्वासको मत लिने अघिल्लो दिनसम्म प्रचण्डले विश्वासको मत पाएका…