काठमाडौँ, ८ भदौ । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा बनाउन लागिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय व्यवस्थापन योजना (ईएमपी) सम्बद्ध फाइल वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास कम्पनीले ३ महिना लगाएर गरेको अध्ययन मन्त्रालयमा बुझाएको हो । गत जेठदेखि सुरु गरिएको अध्ययन साउनमा सकिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाए । त्यही अध्ययनलाई बिहीबार मन्त्रालयमा बुझाइएको…