राप्रपाका मन्त्रीसहित नेताहरूसँग पूर्वराजाको भेट

काठमाडौँ, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका उच्च तहका सबै नेतासँग भेट गरी हिन्दुराज्य र राजतन्त्रको माग बलियो रूपमा उठाउन दबाब दिनुभएको छ । झापा बसाइका क्रममा चितवन, जनकपुर र सिमरा आउँदै जाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसद्मा कडा रूपमा उठाउन आग्रह गर्नुभएको…