प्रचण्ड देशको हितमा उभिन सकेनन् : एमाले महासचिव पोखरेल

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् । आज सहिद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न नचाहेको टिप्प्णी गरे । एमालेसँगको गठबन्धन बाह्रय शक्तिलाई मन नपरेको उनले जिकिर गरे…