धितोपत्र बोर्डका अध्यक्षलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ, १६ माघ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीसँग लेनदेन गरेको आरोप लागेपछि उनलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । अर्थसचिव तोयम रायले आज मन्त्रालयमा बोलाएर हमाललाई स्पष्टीकरण सोधेका हुन् । अब हमालमाथि लागेको आरोप छानबिन गर्न समिति गठन गरिने स्रोतले जानकारी दिएको छ…