काठमाडौँ, १४ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कांग्रेस बाहेक संसदमा रहेका सबै दल तथा…