भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो

काठमाडौँ, १३ फागुन । राष्ट्रपति निर्वाचनको सँघारमा देशको राजनीतिक कोर्स बदलिएको छ । नेपाली कांग्रेसलाई राष्ट्रपति दिन नेकपा माओवादी केन्द्र तयार भएसँगै प्रतिनिधिसभा निर्वाचनपछि १० पुसमा बनेको एमाले नेतृत्वको सत्ता गठबन्धन शुक्रबारबाट औपचारिक रूपमा भत्किएको हो । अब कांग्रेस नेतृत्वकै नयाँ गठबन्धन बन्ने भएको छ । विगत दुई सातायता कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,…