राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् । पुस २८ गते भएको सरुवापछि जिम्मेवारी हेरफेर भएका डीआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको…