काठमाडौँ, ६ फागुन । खोटाङका किरण राईलाई २०७० सालमा जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा पक्राउ गरी हिरासतमा राख्यो । हिरासतबाट भागेका राईलाई प्रहरीले पुनः पक्राउ गर्यो । पाँच दिनपछि उपचारका क्रममा उनको मृत्यु भयो । हिरासतमा यातना दिएर उनको मृत्यु भएको भन्दै परिवारले न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई गुहार्यो। पोस्टमार्टम रिपोर्टमा उनलाई चरम यातना दिएको…