देउवालाई ओलीको प्रश्न : गुरुजी, ०५८ मा संसद विघटन तपाईँले गरेको होइन ?

काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले…