परराष्ट्रमन्त्रीद्वारा टर्कीका विदेश मन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौँ, २५ माघ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्नुभएको छ । आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गर्नुभयो…