काठमाडौँ, २३ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् । आज बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा हिजो भएको उमेदवारी दर्ताका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित…