प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौँ, ७ पौष । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज संसद भवन नयाँ बानेश्वरमा आयोजित समारोहका बीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि…