प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने माओवादीको निर्णय

काठमाडौँ, ३१ साउन । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको हो । सचिव दीनानाथ शर्माका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ…