काठमाडौँ, १३ मंसिर । थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । सुकुमबासीहरूले आफूहरुलाई सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुमबासीहरूले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरू घाइतेसमेत…