मकवानपुर, १५ साउन । बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम…