काठमाडौँ, ३ पौष । काठमाडौँ महानगरपालिकाले निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ । आइतवार महानगरपालिकाले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएका हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको विरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले…