एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ, २४ मंसिर । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी…