काठमाडौँ, ८ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उमेदवारहरूले सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन जारी गरेको छ । सात बुँदे निर्देशन १. प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उमेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क…