नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा

काठमाडौँ, १५ मंसिर । युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ। एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा…