एमालेले निष्काशन गर्यो वागी उम्मेदवारी दिने सुदूरपश्चिमका ५ नेता

काठमाडौँ, २८ असोज । सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट हटाएको छ । एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्काशन गरेका हुन् । सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र…