म रौतहट, प्रचण्ड गोरखा नगएको भए हामीलाई नै उछिट्याउने रहेछन्: अध्यक्ष नेपाल

काठमाडौँ, ११ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु गृहजिल्ला रौतहट नगएको भए मंसिर ४ को निर्वाचनमा हार हुने स्वीकार गर्नुभएको छ । रौतहटबाट चुनाव जितेर काठमाडौँ अध्यक्ष नेपालले फर्किएपछि सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उहाँलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६…