हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति पौडेल

काठमाडौँ, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले निराशलाई आशामा बदल्न कटिबद्ध भएको बताएका छन् । आज राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही शासन प्रणालीबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘हामी…