काठमाडौँ, १७ असोज । सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ ।…