निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन: महासचिव पोखरेल

काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले पार्टीले राजनीतिक रूपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका हुन्…