काठमाडौँ, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सम्पादनमा आफूले कुनै कमजोरी नगरेको जिकिर गरेका छन् । महाअभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै उनले आफूले डीआईजी रञ्जन कोइरालाको मुद्दामा गरेको आदेशमाथि भने पश्चाताप व्यक्त गरेका छन् । समिति सदस्य मीन विश्वकर्माले जबराले समितिको अगाडि डीआईजी कोइरालाको मुद्दामाथिको फैसलाबारे भने अलि पश्चताप रहेको…