गौरा पर्वलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायत नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन् । गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताए…