काठमाडौँ, १६ भदौ । राप्रपा नेपालले आगामी भदौ ३० गतेदेखि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ । मेचीको काकडभिट्टाबाट भदौ ३० गते बिहीबार सुरु हुने स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगेर काठमाडौंमा आएर समापन हुने राप्रपा नेपालका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।