सङ्खुवासभा, ४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको उल्लेख गर्दै उक्त नाकाले व्यापार र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने बताउनुभएको छ । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री खड्काले किमाथाङ्का नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै…