चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं: गृहमन्त्री खाण

काठमाडौँ, ७ भदौ । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा मन्त्री खाणले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा…