चुनाव कसरी सफल पार्ने भनेर सोचौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन्  । प्रधानमन्त्रीले हिजो बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायलगायत चुनावसँग प्रत्यक्ष जोडिएका निकायहरू तयार रहेको जनाउँदै प्रतिनिधिसभाको चुनाव फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरेकी हुन्  । उनले…