काठमाडौँ, ४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज बिहान खुमलटारमा अध्यक्ष दाहाल र संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी…