राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पत्र प्रतिनिधिसभामा सुनाइयो

काठमाडौँ, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पढेर सुनाइएको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोइरालाले पठाएको पत्र पढेर सुनाए । पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित…