रोल्पा, २६ साउन । रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुवात गरेको मतदाता नामावली सङ्कलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले गत असार १ गते देखि तीन स्थानबाट मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।…