काठमाडौँ, २३ साउन । बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा सच्याउनुपर्ने प्रावधानका विषयमा तीन ठूला दल सम्मिलित कार्यदलले गरेको सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सदर गरेका छन् । उनले विधेयकलाई अघि बढाउन शीर्ष नेताहरूसँग तत्काल परामर्श गर्ने भएका छन् । कार्यदलका अनुसार ओलीलाई लगातार दुई दिन ‘ब्रिफिङ’ गरेपछि सहमतिलाई सदर गर्दै…