काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजाबेथ द्धितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजाबेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।…