प्रदेश नं. १ साक्षर प्रदेश घोषणा

विराटनगर, २३ भदौ । प्रदेश सरकारले प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरेको छ । आज प्रदेश राजधानी विराटनगरमा एक कार्यक्रम गरी साक्षर प्रदेश घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो…