पाल्पा, ७ भदौ । नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन्। खनालले तत्काल कार्यगत एकता गरेर एकीकृत समाजवादी र माओवादी निर्वाचनमा जाने बताए। पाल्पामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने पनि बताए।…