काठमाडौँ, १ भदौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारवाही प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको बताउनुभयो । न्यायपालिका प्रमुखविरुद्ध महाभियोग…