“प्राकृतिक प्रकोप र पुर्बतयारी“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, १८ साउन । भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जुनसुकै बेला जलमग्न हुन सक्ने भएकोले उच्च सतर्कता अपनाएको बताउनुभएको छ ।  शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको “प्राकृतिक प्रकोप र पुर्बतयारी“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै श्रेष्ठले भक्तपुर जिल्लाभरका चारवटै स्थानीय तहहरूमा विपदको उच्च जोखिम रहेकोले प्रशासनले उच्च सतर्कता अपनाइरहेको बताउनुभयो ।…