भारतबाट नेपाल ल्याइएकी बालिकाको जिम्मा बुबालाई दिने सर्वोच्चको फैसला

काठमाडौँ, २० जेठ । आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ । निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्च अदालतले बुबाको जिम्मा…